कालीकोट । जिल्लाकै ठुलो तथा व्यवसायिक सहकारी संस्थाले सेवा कार्यालय स्तरमा साधारण सभा शुरु गरेको छ । हिमचुलि कृषि सहकारी संस्थाले मर्यादित व्यवसाय प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ पलांता सेवा कार्यालयबाट शुरु गरेको १४ औं साधारण सभा आज विहबार पचालझरना सेवा कार्यालयको पचालझरना गाउँ पालिकाको केन्द्र पडेक्षामा शुरु भएको छ ।
पचालझरना गाउँ पालिकाका निवर्तमान गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको प्रमुख आतिथ्यतामा शुरु भएको साधारण सभामा गाउँ पालिका भरका सदस्यहरुको सहभागिता रहेको बताइएको छ । जिल्लाभर १० वटा सेवा कार्यालय स्थापना गरेको हिमचुलि कृषि सहकारी संस्थाका १४ हजार सदस्य रहेको बताइएको छ ।
कालीकोट जिल्लाका ग्रामिण दुरदराजमा सेवा दिदै आएको सहकारी संस्था २०६५ सालमा स्थापना भएको बताइएको छ । सेवा कार्यालय स्तरमा शुरु गरेको साधारण सभा जिल्ला सदरमुकाममा अन्तिम साधारण सभा गर्ने लक्ष्य लिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन । अन्तिम साधारण सभा यहि मंसिर महिना भित्र सम्पन्न हुनेछ ।
Discussion about this post