कालीकोट ।रास्कोट नगर पालिकाका प्रमुख धर्मराज शाहीले कालिकोट जिल्लामा हिमचुली सहकारीले जिल्लाबासिलाइ बित्तीय क्षेत्रमा नयाँ आयम थपेको बताएका छ्न ।
हिमचुली कृषि सहकारी संस्था लि.ले आयोजना गरेको सदस्यहरुका लागि बित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहीले सो कुरा बताएका हुन ।उनले स्थानीय स्तरमा आम्दानीलाई सहि ठाउँमा लगानी गर्न नसक्दा ब्यबसाय देखि हरेक क्षेत्रमा समस्या आउने गरेकाले आगामी दिनमा सबैले सोच्नु पर्ने बताए । नगर प्रमुख शाहीका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा बचतका बारेमा जानकारी नभएको बेला सानो बचत गराउन शुरु गरे संगै स्थानीय महिलाहरुले स सानो बचत गर्ने बानिको बिकास भएको र त्यस संगै कर्जा लिएर ब्यबसाय गर्न थाले पछि आत्मनिर्भर हुन थालेको बताए ।
नगर प्रमुख शाहीले सहकारीले सुपथ मूल्य पसल संचालन गरेको र त्यस संगै रास्कोटका प्रत्येक वडामा सुपथ मूल्य पसल संचालन गर्ने योजना रहेको बताउदै समुदाय,सहकारी र स्थानीय सरकारले हातेमालो गरेर कामकारबाही अघि बढाउने प्रतिबद्धता समेत जनाएका छ्न ।रास्कोट नगरपालिकामा रहेको सेवा कार्यलयले चालू आर्थिक वर्षमा स्थानीय उत्पादन हुने बस्तु खरिद गर्ने भएको छ ।
सदस्यहरुले उत्पादन गरेको अर्गानिक बस्तु संकलन गर्ने र सदस्यहरुलाइ आबस्यक पर्ने दैनिक उपभोग्य सामानहरु उपलब्ध गराउन शुरु गरेको ब्यबसाय प्रबर्द्धन बिभाग प्रमुख कृष्ण प्रसाद बरालले बताएका छ्न ।उनका अनुसार जिल्ला सदरमुकाम मान्ममा संस्थाले रातो चामल,मह,सिमि,जौ,कोदो,फापर,ओखर लगाएतका बस्तु बिक्रि गर्न शुरु गरेको बताएका छ्न ।
पछिल्लो समय जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सेवा कार्यलयबाट टिमुर,उसिनेको मकै लगाएतका बस्तु खरिद हुन थालेको संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनले भने अहिले कृषि उत्पादित बस्तुको भण्डारणका लागि सितभण्डारको समेत ब्यबस्थापन गरेक बताएका छ्न ।
संस्थाले अहिले सुपथ मूल्य पसल,डेरी,एग्रोभेट लगाएतका काम गर्दै आएको छ ।
Discussion about this post