पलांतामा ११ औं गाउँ सभा शुरु,कार्यविधि पारित गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाको ११ गाउँ सभा शुरु भएको छ । पलांता गाउँ पालिकामा काम कार्वाहीलाई सहजता कायम गर्न गाउँ सभाले निणर्य गर्ने बताइएको छ ।
पलांता गाउँ पालिकाका अध्यक्ष विष्णु रोकायाको अध्यक्षतामा शुरु भएको गाउँ सभामा जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
पलांता गाउँ पालिकाले विकास निर्माण,सेवा सुविधा र काम कार्वाहीका बारेमा कार्यविधि बनाई अघि बढ्न हिंउदे गाउँ सभाका रुपमा शुरु गरिएको अध्यक्ष रोकायाले बताएका छन । उनका अनुसार केही नितिहरु नभएका कारण अघिल्लो वर्षमा विधिको अभावमा समस्या आएर बेरुजु देखिन आएकाले सो समस्याको निराकरणका लागि गाउँ सभाले कार्यविधि पारित गर्ने सहकर्मि धन बहादुर शार्कीले बताएका छन ।

पलांता गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख कर्मसिंह बमले पलांताको सम्बृद्धिका लागि ऐन तथा कार्यविधि बनाई अघि बढ्नका लागि गाउँ सभाले सहजता कायम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित