कालिकोट । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।दोस्रो सम्मेलनले अध्यक्षमा बर्म ऐडीको नेतृत्वमा ३६ सदस्यीय जिल्ला समिती गठन गरेको छ ।
त्यसै गरी निर्वाचित उपाध्यक्षहरु तुलराज उपाध्यय,जयकृष्ण आचार्य,गौरी संज्याल,मांग्ली बिक,नर बहादुर बिक, सचिब धिर बहादुर शाही,सहसचिव हर्ष बहादुर शाही,जल बुढा,बाटु थापा,कोषाध्यक्ष रमेश शाही सहित ३६ सदस्य रहेको पुर्ब अध्यक्ष मान बहादुर बिष्टले बताएका छन।जिल्ला सम्मेलनले विभिन्न ट्रेड युनियन संघ गठन गर्ने जिम्मेवारी तोकेको छ ।
मजदुर दिवशको अवसरमा ट्रेड युनियनले मे १८ मा काठमाडौमा रास्ट्रीय भेलामा सहभागी हुन प्रतिनिधी छनोट गरेको छ ।उक्त सम्मेलनबाट निर्वाचित अध्यक्ष बर्म ऐडीले संगठनलाई ब्यबस्थित गर्दै मजदुरको हितमा काम गर्ने गरी अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न ।
सो सम्मेलनलाइ सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंले नेपालमा मजदुर संगठनको नेतृत्व दायी भुमिका खेलेको र यस जिल्लामा हरेक क्षेत्रमा काम गर्ने मजदुरको पक्षमा काम गर्न सक्षम हुने बताउदै बधाइ ब्यक्त गरेका छ्न ।
सम्मेलनलाइ नेकपा(माओवादी केन्द्र)का बैकल्पिक केन्द्र सदस्य गंगा खड्काले समेत बधाइ दिएकी छन ।

Discussion about this post