माओवादी केन्द्र कालिकोटले गर्‍यो अभियानको समिक्षा

7
SHARES
15
VIEWS

कालिकोट ।नेकपा(माओवादी केन्द्र)कालिकोटले अभियानको समिक्षा बैठक सम्पन्न गरेको छ ।

बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियानको दुई महिना पूरा गरे संगै आज समिक्षा गरेको छ ।जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंको अध्यक्षतामा भएको बैठकमा  जिल्लाभर अभियानका क्रममा भएका गतिविधि सहित  पालिका स्तरबाट रिर्पोट राखेको बताइएको छ ।सो समिक्षा बैठकमा नेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेन्द्र बहादुर शाही,जिल्ला इन्चार्ज बिष्णु बिक लगाएतका नेताहरुले अभियानको बारेमा मन्तव्य राखेका थिए ।

सो बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अहिले ब्यबस्था ल्याउन जनयुद्धको महत्त्वपूर्ण भुमिका रहेको र यसको ब्यबस्था विरुद्ध बोल्न कसैलाई छुट नहुने यदि बोलेमा जनताले कठालो समातेर सहि ठाउमा ल्याउने बताए । अभियानका क्रमा जिल्लाका अधिकांस स्थानीय तहमा नेतृत्व फेरबदल गरेको र बाकी रहेको पालिकामा समेत भेला तथा सम्मेलन मार्फत नेतृत्व परिबर्तन गरिने निर्देशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित