पलाताको कहरदेव प्रहरी चौकीलाई माघे विक लगाएतले गरे जग्गादान

7
SHARES
15
VIEWS

कालीकोट । पलाता को कहरदेवमा रहेको अस्थायी प्रहरी चौकी लाई एक स्थानियले एक हजार वर्ग मिटर जग्गादान गरेका छन् ।

पलाता ४ का माघे वि. क , मन कामी, धन कामी, नाउटो कामी, अमृते कामी मिलेर कहरदेवमा रहेको दुइ हजार ५० कित्ता नम्बर भित्र पर्ने एक हजार वर्ग मिटर जग्गा प्रहरी चौकीलाई दान गरेको पलाता वडानम्वर ४ का पूर्व वडा  अध्यक्ष ऐनराज महताराले वताए। उनका अनुसार जिल्ला मालपोत  कार्यालयमा आजै कित्ता काटेर जिल्ला प्रहरी कार्यालय कालीकोट का प्रहरी प्रमुख जयश्वर रिमाललाई पूर्जा हस्तान्तरण गरिएको बताए ।

जग्गादान गरेको मा माघे विक लगायतका समुदायलाई धन्यावाद दिदै डिएसपि रिमालले  आगामी दिनमा प्रहरीप्रति को सहयोग निरन्तर रहने आशा व्यक्त गर्दै कहर देवमा भवन निर्माणका लागि पहल गर्ने वताए। उक्त प्रहरी चौकी स्थापना भएपछि स्थानियलाई सुरक्षामा सहजता आएका पलाता गाउ पालीका अध्यक्ष विष्णु रोकायाले बताएकए छन। जग्गादान गर्ने वि क पलाता गाउ पालिका कार्यपालिका सदस्य समेत रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित