कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि .ले विमा राहत हस्तान्तरण गरेको छ । सहकारी संस्थाको शुभकालिका सेवा कार्यालय अन्तरगत शुभकालिका गाउँ पालिका वडा नम्बर ६, हाउडी निवासी संस्थाका सदस्य दिपा कामीका श्रीमान दुर्ग कामीको कालगति निधन भएपछि संस्थाले राहत प्रदान गरेको हो ।
सो राहत हस्तान्तरण कार्यक्रममा कर्नालि प्रदेशका पूर्व मन्त्रि कुर्मराज शाही, शुभकालिका गाउँ पालिका अध्यक्ष गोविन्द आचार्य लगायतका सरोकारवालाहरुका उपस्थितिमा भएको कार्यक्तममा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पूर्व मन्त्रि शाहीले सहकारीले समाजमा बचत मात्र नभई विपदका समयमा राहतका कार्यक्रमले स्थानियलाई ठुलो राहत गराएकोमा धन्यवाद दिएका छन ।
गाउँघरमा आपत विपदमा मलमपट्टि गर्नका लागि सहकारीको ठुलो हात रहेको र आगामि दिनमा यि यस्ता राहतका कार्यक्रमा जारी राख्न अनुरोध गरेका छन ।
स्वर्गिय दुर्ग कामीका छोरा लंक विकलाई विमा राहत वापत रु १ लाख र क्रिया खर्च १० हजार गरी एक लाख राहत हस्तान्तरण गरिएको सेवा कार्यालय व्यवस्थापन समिति संयोजक नरेन्द्र आचार्यले बताएका छन । उनका अनुसार सहकारीले सदस्यहरुको दुर्घटना विमा गर्दै आएको बताइएको छ । शुभकालिका सेवा कार्यालयमा जम्मा सदस्य एक हजार एक सय ७८ जना रहेको बताइएको छ ।
पछिल्लो समय सहकारीले विभिन्न राहत दिदै आएको छ ।



















Discussion about this post