पचालझरनामा गणतन्त्र दिवसमा आयोजित कविता प्रतियोगितामा लेखसरा प्रथम

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरना गाँउपालिका १६ औं गणतन्त्र दिबसको अबसरमा आयोजित कविता वाचन तथा लेखन प्रतियोगितामा   सरस्वति मावि कि छात्रा लेखसरा खड्का प्रथम भएकी छन ।
पचालझरना शिक्षा,युबा तथा खेलकुद शाखा द्वारा आयोजित अन्तर माध्यमिक बिध्यालय स्तरीय प्रतियोगितामा छात्रातर्फ दोस्रो निरुता शाही, तेस्रो स्थानमा झरना टमट्टा रहेकी छन त्यसै गरी छात्र तर्फ जनप्रिय मा वि . मा अध्ययनरत ऐन बहादुर बुढा प्रथम, महेश ऐडी दोस्रो, अमित शाही रहेका छन ।
पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले उक्त सफल छात्रा छात्रलाई पुरुस्कार प्रदान गर्दै लुकेका प्रतिभाहरु बाहिर ल्याउनु पर्नेमा जोड दिदै आगामी दिनमा कविता लेखनमा जोड दिन अनुरोध गरेका छन।
सो कार्यक्रममा वडाअध्यक्षहरु प्रभुजन संज्याल , करविर विक जयराम टमट्टा , प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकको समेत उपस्थिति रहेको प्रा.स. अग्निप्रसाद अधिकारीले बताइएका छन । उक्त प्रतियोगितामा उत्कृष्ट शिक्षकमा कृष्ण प्रसाद पोख्रेल रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित