हरेक क्षेत्रमा “रिसर्च” जरुरी भैसक्यो – एमाले नेता आचार्य

कालीकोट । नेकपा (एमाले) कालीकोटका सचिव तथा साहित्यकार पुष्पराज आचार्यले अबका दिनमा हरेक क्षेत्रमा काम गर्दा “रिसर्च” अर्थात अनुसन्धान नगरी कामकार्वाही सम्पन्न नहुने बताएका छन । तिला कर्नाली बहुमुखि क्याम्पस कालीकोटले आयोजना गरेको थेसिस लेखन , अनुसन्धान तथा  क्षमता विकास तालिमका क्रममा बोल्दै आचार्यले उक्त कुरा बताएका हुन । उनले आफ्नो जिवनमा अध्ययन क्षेत्रमा अघि बढ्ने की राजनैतिक यात्रालाई आगाडी बढाउने कामलाई प्राथामिकता कस्लाई दिने स्मरण गर्दै राजनैतिक क्षेत्रमा गहिरो “रिसर्च” अर्थात अनुसन्धान नगरी सम्भव नभएको बताए ।

अहिलेको अवस्थामा काठमाडौँ महानगर पालिका  प्रमुख नगर प्रमुख बालेन्द्र शाहले निर्वाचन आउनु अघि एक वर्ष पूरै स्थानिय स्तरमा गहिरो अनुसन्धान गरेर स्थानिय तहको निर्वाचनमा उचित नतिजा प्राप्त भएको बताए ।

उक्त कार्यक्रममा मध्य पश्चिम विश्वविद्यालयका डाक्टर विष्णु कुमार खडकाले आफुले विद्यावारीधि गर्दाको अनुभव सुनाउँदै हाम्रो जिवन अनुसन्धानको यात्रा भएको बताए । हरेक क्षेत्रमा अनुसन्धान गरेर निष्कर्ष सहित उचित परिणाम प्राप्त हुने दावि समेत गरेका छन ।

तिला कर्नाली बहुमुखि क्याम्पसले शुरु गरेको थेसिस लेखन , अनुसन्धान  र क्षमता विकास तालिममा तिल कर्नाली बहुमुखि क्याम्पस प्रमुख रुद्र सापकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम जारी राख्ने बताएका छन । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा गरिएको तालिम शुक्रवार शुरु भइ सोमबर सम्म संचालन हुने क्याम्पसका विभागिय प्रमुख दिपक थापाले बताएका छन्।

सो कार्यक्रममा पुष्पराज आचार्य र डाक्टर विष्णु कुमार खड्काले गजल समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6