कालीकोट । जुम्ला जिल्लाको ओदी हुंदै कालीकोटको पलांता गाउँ पालिकाको खिन जोड्ने सडकलाई जिल्लामा दलका नेताहरु सहित प्रशासनमा बसेर उक्त योजनालाई फेरबदल गरेका छन ।
कालीकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको नेतृत्वमा बसेको राजनैतिक दल सहितको बैठकले खाँडाचक्रको जिरो प्वाइन्ट,जिमजेडी हुदै सिक देखि पलाताको खिनबाट जुम्ला जाने सडकलाई कायम गरिएको प्रति पलांता गाउँ पालिकाका सरोकारवालाले विरोध जनाएका छन ।
जुम्लाको ओदी हुंदै कालीकोटको खिन सम्मको सडक निर्माण कार्य जारी रहेको भएपनि जेष्ठ २६ गते जिल्ला स्तरीय वैठकले उक्त निर्णय गर्दै सडक डिभिजन कार्यलय जुम्लालाई लेखि पठाएको बताइएको छ ।
सो बैठकमा जिल्ला स्थित राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति अम्म बहादुर शाही, नेकपा (एमाले) का जिल्ला अध्यक्ष जसि प्रसाद पाण्डे लगाएतका प्रतिनिधित्वमा भएको बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत(विक)लाई समेत दलहरुले सहमति गर्दा फरक नपर्ने भन्दै उक्त निणर्य गरिएको बताइएको छ ।
सो बैठकमा सहभागि उपप्रमुख मिना रावत(विक)ले पलांता गाउँ पालिकालाई सोधेर मात्र अघि बढ्न भन्दा पनि नमानेकाले भोलि समस्या आएपछि आफुहरुले हल गर्ने राजनैतिक दलका तर्फबाट प्रतिवद्धता जनाएपछि मात्र आफुले दस्तखत गरेको बताइएको छ ।
पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले ओदि हुंदै पलांताको खिन सम्म जोड्ने सडकको काम जारी रहेको बताउदै पालिकालाई वेवास्ता गरेर जिल्लामा बैठक बसेर निणर्य गर्नुमा समस्या रहेको बताएका छन ।
उक्त निणर्यका बारेमा बसेर छलफल गर्ने बताएपनि सामाजिक संजालमा पलांता प्रतिको हेर्ने दृष्टिकोण गलत भएको टिपपणि हुन थालेको छ । पलांता ४का ऐनराज महताराले विगतमा पनि पलांता प्रति भेदभाव भएको र अहिले पनि सो व्यवहार परिवर्तन नभएको बताउदै विरोध जनाएका छन । सामाजिक अभियान्ता अशोकनाथ योगिले पलांता प्रतिको उक्त व्यवहार राम्रो नभएको बताएका छन ।
जिल्ला प्रशासन कार्यलय कालीकोटले पुन छलफल गरेर निकास निकाल्ने बताइएको छ ।
Discussion about this post