नेतृत्वमा पदप्रतिष्ठामा निरन्तरता बाहेक अरु केही भएन -जिवन बुढा

कालीकोट । साविक नेकपा माओवादी केन्द्रका नेता तथा स्वतन्त्र उम्मेद्धार जिवन बुढाले युद्ध र शान्तिका २९ वर्षे जिवन विताएपनि जनयुद्धबाट आएको क्रान्तिकारी पार्टी भित्र अहँकार र दम्भले ठाउँ नछोडेको बताएकाछन ।

आफुले हदै सम्मको प्रयत्न गरेको भएपनि नेपालि कम्युनिष्ट पार्टी भित्र पुरानै जिम्मेवारी पाएकैले अवसर जारी राख्ने प्रबृति उहि पुरानै अवस्था देखिएको बताएका छन ।नेपाली कम्युनिष्ट्र पार्टीबाट विद्रोह गरेका पूर्व डिभिजन सहकमाण्डर जिवन बुढाले यस्तै अहँकार र दम्भका कारण सिंहदरबार जल्नु पर्ने अवस्था आएको बताउदै आफुले त्यो अहमतालाई तोड्दै आफुले स्वतन्त्र उम्मेद्धारी दिएको बताएका छन ।

जिल्ला निर्वाचन कार्यालय कालीकोटमा मनोनयन पत्र दर्ता गर्दै बुढाले कोण सभा मार्फत समाजको परिवर्तनका लागि आफु लागि पर्ने बताएका छन।
कालीकोट जिल्लामा हाल सम्म नेकपा(एमाले)बाट नगिन्द्र शाही, नेपालि कांग्रेसबाट हर्ष बम, रास्वपाबाट प्रकाश न्यौपाने र नेकपा(माओवादी) बाट खड्ग बहादुर विश्वकर्मा र नेपालि कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाहीले उम्मेद्धारी दर्ता गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6