कालिकोट । पचालझरना गाउँपालिकाले आलु पकेट क्षेत्र निर्माण गरेकाे बताईएकाे छ । पचालझरना गाउँ पालिकाकाे वडा नँ ९ काेटिलामा अगुवा कृषक समूह बनाई कृषकहरुकाे आयआर्जन बृद्धी गरी अर्गानिक आलु उत्पादन गर्ने उदेश्यले पचालझरना गाउँपालिकाले आर्थिक बर्ष ०८२/०८३ काे बजेट बिनियाेजन गरेकाे हाे । कृषि शाखाका प्रमुख लाेकेन्द्र घानुक का अनुसार पचालझरना गाउँपालिका वडा नँ ७ लाई सिमि पकेट र वडा नँ ९ लाई आलु पकेट र अन्य वडाहरुमा स्थानिय उत्पादन लाई प्राेत्साहन गर्ने कार्यक्रमकाे लक्ष्य अनुरुप याे कार्य सँन्चालन गरिएकाे बताउनु भएको छ । विभिन्न समयमा कृषकलाई अैाषधि , मलखाद, लगाएत अन्य बिषयबस्तुमा तालिम सँन्चालन गरिएकाे महादेव कृषि समुहका अध्यक्ष गाेरक्ष बहादुर शाहीले जानकारी दिनुभएको छ । कृषकले उत्पादन गरेका बस्तुले बजारीकरण नपाउदा कृषकहरुले चिन्ता ब्यक्त गरेका छन । गाउँ मा सडक सँजाल जाेडिएकाे छ । सिजनमा आलु बिक्री भएन भने भण्डारण गर्न सकिएन भने सरकारकाे लगानी कृषककाे मेहनेत आसमा हाेईन निरासामा बालुवामा पानी हाले जस्तै हुने अगुवा कृषक सक्कल बहादुर शाहीले बताउनु भएको छ । यसअघि कर्णाली प्रदेशमा बिमला के सी कृषि मन्त्री हुदाँ काेटिलामा खुर्सानी पकेट क्षेत्र घाेषणा गरि बजेट बिनियाेजन गरी कार्यक्रम सँन्चालन गरिएको थियाे । याे कार्यक्रम दिर्गायु र प्रभावकारी बन्न सकेका छैनन् ।