कालीकाेटमा आज कहाँ के कार्यक्रम भएका छन सारमा पुरा खबर

कालीकाेटमा आज कहाँ के कार्यक्रम भएका छन सारमा पुरा खबर

कालीकाेट । विहबार कालिकोटका विभिन्न ठाउँमा तपसिल अनुसारका कार्यक्रम सम्पन्न भएका छन्। जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन गरिएको प्रथम धनमान सिंह स्मृति कपमा नरहरिनाथ गाउँपालिका प्रथम भएको छ भने पचालझरना गाउँपालिकाले उपविजेता हासिल गरेको छ।
त्यसैगरी रास्कोट नगरपालिकामा भूमि प्रशासन सम्बन्धीको काम शुरु भएकाे छ । यस अघि रास्काेट नगरपालिकामा प्रशासनिक सम्बन्धी कामकाज सुरु गरेको भए पनि यो दोस्रो पटक भूमि सम्बन्धि कामकाज लालपुर्जा वितरण लगाएतका कामकाज शुरु गरेकाे छ । पहिलाे दिन १२ हजार राजस्व प्राप्त भएको बताइएको छ।

त्यसैगरी रास्कोट नगरपालिकाका उपमेयर मनिराज बरालको पहलमा शिक्षा संकायका लागि क्याम्पस अनुमति लिन काठमाडौँमा त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूसँगको समन्वयमा दशैंअघि स्थलगत अनुगमन गरिने समेत जनाइएको छ। पचालझरना गाउँपालिकाको खार्दुमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मनिलाल ऐडीको उपस्थितिमा बुढापाकाहरूको सहभागितामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हाे ।
जिल्लाको तिलागुफा नगरपालिकामा परिवर्तनशील युवा क्लबले आज खेलकुदको आयोजना गरेको छ। नगरपालिकाको वडा नं ४ राँचुलीमा दुई वर्षअघि बाढी पहिरोबाट मृत्यु भएका १३ जनाको स्मृतिमा आज खेलकुदको आयोजना गरिएको हो।
शुभकालिका गाँउ पालिकामा अपाङ्गता सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुभकालिका गाउँ पालिका उपाध्यक्ष धर्मा शाहीकाे सहभागितामा भिडिसेफ नेपालकाे समन्वयमा गरिएको हो। त्यसैगरी शुभकालिका गाउँपालिकामा नेपाली कांग्रेसको आयोजनामा विजयदशमीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। नेपाली कांग्रेसका जिल्ला सभापति नगेन्द्र बिष्टको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जनाइएको छ ।
जिल्लाको महावै गाउँपालिकामा तेस्रो इन्द्र शाही स्मृति कप सुरु गरिएको छ।
कालीकाेट जिल्लाकाे महाबैमा दानबहादुर सिँहकाे सालिक अनावरण गरिएकाे छ । सालिकलाइ माल्यार्फण गर्दै प्रदेश साँसद दुर्गबहादुर रावत, महाबैका अध्यक्ष खेम बहादुर सिँहले बलिदानबाट प्राप्त अधिकारलाइ लागु गर्नु पर्नेमा जाेड दिएका छन । महाबैमा जारी अध्यक्ष कप कार्यक्रमका क्रममा सालिक अनावरण गरिएकाे हाे ।
त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा किसानहरू धान बाली भित्र्याउने क्रममा भारी वर्षा हुने भएकाले जिल्ला प्रशासन कार्यालयले पूर्व सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित