रास्कोटकाे सुविधा सम्पन्न भवन प्रथम मुख्यमन्त्रि शाहीले गरे औपचारिक उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।पछिल्लो समय स्थानिय तहले भौतिक संरचना निर्माण गर्न लागेका छन । जिल्लाका दुई स्थानिय तहमा आधुनिक भौतिक संरचना सम्पन्न भए संगै जनताका सेवाप्रवाहमा सहजता आएको छ । शनिबार एक साथ पचालझरना गाउँ पालिकाको प्रशासकिय भवन र रास्कोट नगरपालिकाको प्रशासकिय भवनको उद्घाटन गरिएको छ ।

कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गरेका हुन । रास्कोट नगरपालिकाका प्रथम नगर प्रमुख काशिचन्द्र बरालको कार्यकालमा शुरु गरिएको उक्त भवन अषाढ मसान्तमा सम्पन्न भएको थियो भने पचालझरना गाउँ पालिकाको प्रशासकियक भवन तत्कालिन गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको कार्यकालमा निर्माण कार्य भएको जनाइएको छ । उक्त भवन सहरी डिभिजन कार्यालय जुम्लाको समन्वयमा भएका हुन ।

पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिका प्रशासकिय भवनका निर्माण भए संगै जिल्लाको नरहरिनाथ गाउँ पालिकामा भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ । अहिले सम्म आफ्नै भवनमा पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिकाले सेवा सुचारु गर्न पाएका छन भने अन्य पालिकाका भवन भने टहरा र भाडामै रहेको बताइएको छ ।

कालीकोट जिल्लाका स्थानिय बासि तथा कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि मेहेन्द्र बहादुर शाहीका कार्यकालमा विभिन्न भौतिक संरचना तथा अन्य कामहरु भएका थिए ।अहिले पनि सम्पन्न हुने क्रममा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित