एक वर्ष भित्र रास्कोटलाई वालविवाह मुक्त बनाउने तयारी छ-नगर प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर प्रमुख धर्मराज शाही(पोषण)ले आगामि एक वर्ष भित्र रास्कोट नगरपालिकालाई वाल विवाह मुक्त वडा घोषणा गर्ने बताएका छन । रास्कोट नगरपालिकाका वडा न.४ र ९ लाई वालविवाह मुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सो कुरा बताएका हुन ।

रास्कोट नगर प्रमुख शाहीले सबैको चेतना परिवर्तन मार्फत वालविवाह गर्नु हुन्न भन्ने भावनाको विकास भएको बताउदै रास्कोटका सबै समुदायले वालविवाह न्युनिकरणका लागि विशेष जोड दिनु पर्ने बताउदै वालविवाह गरेको खण्डमा कानुनको भागेदार बन्नु पर्ने र सेवा सुविधाहरुका बारेमा पनि प्रक्रिया अघि बढाइने बताएका छन ।

रास्कोट नगर पालिकाको वडा न. ४ स्युना र वडा न.९को फुकोटबाट शुरु भएको वालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गैरसरकारी संस्था प्लान इन्टरनेश्नल नेपाल,सेभ द चिल्ड्रेन तथा जिल्ला स्थित हुरेण्डेक नेपाल तथा सादा नेपाल लगाएतका निकायहरुको सहभागितामा वालविवाह मुक्त वडा घोषणा गरिएको हो भने उपस्थित समुदायले वालविवाह नगर्ने प्रतिवद्धता समेत जनाएका छन ।

सो कार्यक्रममा रास्कोट नगर उपप्रमुख मनिराज बराल,प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम,सबै वडाका जनप्रतिनिधि तथा राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित