कालीकोट । नेपाल पत्रकार महासंघको २७ औं महाधिबेशनबाट निर्मला शर्मा अध्यक्षमा विजयी भएकी छन । यहि मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा देशभरबाट ४२८२ मत ल्याइ शर्मा विजयी भएकी हुन । शर्माका निकटतम प्रतिद्धन्द्धि रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन ।
नेपालि कांगे्रस र नेकपा(एमाले) सत्ताधारी गठबन्धनले प्रेस युनियन र प्रेस चौतारी विच भएको गठबन्धन भएपनि अन्य प्रेस संगठनले बागमति प्रदेश सहित २६ भन्दा बढि जिल्लामा विजयी हांसिल गरेका छन । दुई ठुला प्रेस संगठनका विच भएको पत्रकार महासंघ केन्द्रिय समितिको कोषाध्यक्षमा भने प्रेस सेन्टरका रामकृष्ण अधिकारी निर्वाचित भएका छन ।
अन्य विजयी हुनेमा उपाध्यक्षमा दिपक आचार्य,नितु पाण्डे,उमिद बागचन,महासचिवमा राम प्रसाद दाहाल,सचिवहरु रमेश खतिवडा,सोनि शर्मा,सविन प्रियासन, अशोक कुमार तिवारी,प्रकाश धौलाकोटी लगायतको टिम बनेको निर्वाचन समितिले जनाएको छ । देशभरबाट संकलन भएको कुल मत अनुसार अन्तिम नतिजा बाहिर आएको हो । यस अघि २६ औं महाधिबेशनमा शर्मा पराजय भएकी थिइन ।यस अघिका अध्यक्ष विपुल पोख्रेलले ६९४२ मल ल्याउदा निर्मला शर्माले ३९१५ मत ल्याएकी थिइन ।
Discussion about this post