कालीकोट । पलाता गाउँ पालिकाको वडा नम्बर ७ मा लगातार सुख्खा पहिरो जाँदा जनजिवन प्रभावित बनेको छ । स्थानियका अनुसार एक हप्ता देखि पहिरो जाँदा भेराका समुदायलाई समस्या आएको छ।
पलाता वडा नम्बर ७ का अध्यक्ष कल बहादुर वमले मानविय क्षेति नभएको तर पहिरोले समस्या निम्त्याएको बताए । उनले भने पालिकाबाट सम्भावना नभएकाले प्रदेश र संघिय सरकारको तत्काल ध्यान जान जरुरी रहेको बताएका छन । माथिल्लो निकायमा पहल थाल्न प्रक्रिया अघि बढाइएको अध्यक्ष बमको भनाइ छ ।
पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले सुख्खा पहिरो नियन्त्रणका लागि पालिकाबाट सम्भव भए सम्म पहल गर्ने र यदि नभएको खण्डमा माथिल्लो निकाय र गैर सरकारी संस्थाको समन्वयमा अघि बढने बताएका छन ।
अहिले सो बस्तिमा धुलो धुवाँ उठि रहेको बताइएको छ ।
Discussion about this post