रुपगंगा अक्षयकोष द्वारा शैक्षिक सामाग्री हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सरस्वति माध्यमिक विद्यालय सिकुमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । रुपगंगा स्मृति अक्षयकोष द्वारा असाहय तथा विपन्न टुहुरा बालक खेमराज खड्कालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद न्यौपाने सहितको उपस्थितिमा गरिएको सिफारिसका आधारमा खडकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको  कोषका संरक्षक बुद्धि ऐडीले बताए । ५० हजारको रकममा स्थापना गरिएको उक्त कोषबाट प्रत्येक वर्ष असाहय तथा विपन्न वालवालिका, जेष्ठ नागरिक र पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । यस वर्ष बाट शुरू गरिएको राहत तथा सम्मान र सामाग्री वितरण गर्ने योजना रहेको बताइएको छ । त्यसै गरी विद्यालयमा शुक्रवारमा गरिने अतिरिक्त क्रियाकलापमा “सहकारी शिक्षा आजको आबस्यकता ‘ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ। विद्यालयको आयोजना तथा हिमचुली कृषि सहकारी संस्था लिमिटेड को समन्वय र रुपगंगामा अक्षयकोषको सहयोगमा गरिएको वकृत्वकलामा लेकसरा खडका प्रथम आएकी छन ।

सहभागि ४ जनामा सबै स्थान हाँसिल गरेका छात्राहरुलाई प्रमाण पत्र सहित कपि कलम प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित