पलाँतामा राँका बालेर मनाइयो भुवा औंसी

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी /कालीकोट । परम्परागत रूपमा मनाइदै आएको भुवा औंसीका अवसरमा पलातामा राँका बालेर मनाइएको छ । जिल्लामै लोप हुन लागेको भुवा औसी तथा भैलो खेलेर मनाइने चलन अनुसार परम्परागत संस्कृतिको संरक्षण गर्ने अवस्थामा पलातामा भने राँका बालेर मनाइएको हो । पलाता गाउँ पालिकाको थिर्प, छलॉह लगायतका ठाउँमा राँका बालेर पुष १५ को अघिल्लो दिन भुवा औंसी मनाउने चलन रहेको छ ।

पौष १५ मा तिहारको रुपमा मनाउने र अघिल्लो दिन रमाइलो गर्ने चलन चल्ति अनुसार राँका बालेर भुवा औंसी मनाइएको पलाता गाउँ पालिका प्रवक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष तिलक बुढाले बताए । उनका अनुसार भुवा औंसीमा विगत देखि वर्तमान सम्म परम्परागत संस्कृतिको संरक्षणका लागि शुरु गरिएको हो ।

माथिल्लो कर्नालीमा भुवा औसीका रूपमा मनाइने चलन अनुसार भैली पनि खेल्ने चलन पछिल्लो समयमा हराउँदै गएको प्रति बुढापाका चिन्ता व्यक्त गर्दछन । पचालझरना १ सिकुकार ८१ वर्षिया धन्नाम खडकाले आफुहरुले तिहार पछि देउसी भन्दा पनि पौषमा भैलो खेल्ने गरेको स्मरण गर्दै अहिले हराउँदै गएको बताए ।

पलातामा गरिएको भुवा औंसीको अबसरमा रांका बाल्ने कार्यले परम्परागत मौलिकता जिवित छ भन्ने आशा लिएको स्थानिय बताउछन । पलाताका स्थानिय रुपक बम , जयमल बुढा लगायतका युवाहरुले शुरु गरेको भुवा पर्वका क्रममा रांका बालेर प्रदर्शन जस्तै गरेपछि अहिले निकै चर्चामा रहेको हो ।

नेपाल सरकारले भने तमु ल्होसारको अबसरमा पौष १५ लाई विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित