कालीकोट । रास्कोटमा स्थापना गरिने इलाका प्रशासन कार्यालयका लागि रास्कोट नगर सरकारको अगुवाइमा सर्वदलिय टोलीले प्रधानमन्त्री केपि शर्मा ओलिलाई भेटेको छ । रास्कोट नगर सरकारका प्रमुख धर्मराज शाही सहितको अगुवाइमा गएको टोलिले गृह मन्त्रि रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल सहितका नेतालाई भेटेर इलाका प्रशासन कार्यालय स्थापनामा जोड दिएका छन । त्यसै गरी सर्वदलिय टोलिले नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्रि केपि शर्मा ओलीलाई भेटेर इलाका प्रशासन कार्यालय स्थापनामा जोड दिएका छन् ।
उक्त टोलीमा रास्कोट नगर पालिका निवासी नेकपा (एमाले)का केन्द्रिय सदस्य नगेन्द्र शाही, प्रदेश सांसद दक्षिणा शाही , नेकपा (एमाले ) कालीकट जिल्ला अध्यक्ष तुलराज मल्ल, नेपाली काग्रेसका प्रदेश सदस्य दमन शाही, नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक डम्बर शाही, रास्कोट नगर उपप्रमुख मनिराज बराल सहितका नेताहरु रहेको बताइएको छ ।
इलाका प्रशासन कार्यालयको स्थापनामा विगत वर्ष देखि प्रयास गरिएपनि यस पटकको भेटले सफलता पाउने आशा लिइएको छ । रास्कोट नगर पालिका प्रमुख धर्मराज शाही (पोषण) ले सबै प्रक्रिया पुरा भएकाले यस पटकको भेटघाटले इलाका प्रशासन कार्यालय स्थापना अबको केही समय भित्र हुने आशा लिएको बताएका छन।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि नरहरिनाथ, सान्नित्रिबेणी, पलाता र पचालझरनाका समुदायलाई सहज हुने बताइएको छ।
Discussion about this post