सुदुरपश्चिममा एमालेलाई धक्का, ४६ जनाले एक साथ दिए राजिनामा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमालेलाई सुदुरपश्चिममा ठुलो धक्का लागेको छ । नेकपा एमाले कैलाली जिल्लाको गोदावरी नगर पालिका ४६ जना नेता, कार्यकर्ताले सामूहिक राजीनामा दिए पछि एमालेलाई ठुलो धक्का लागेको हो ।

कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले सामूहिक राजीनामा दिएका सबैले नेकपा भएको बेला र पछि पार्टी विभाजनमा नेकपा एमालेमा रहेको तर अहिले जनयुद्ध प्रति एमाले महासचिव शंकर पोखरेल खरो रुपमा अगाडी बढेकाले उक्त कार्यको विरोध गर्दै सामुहिक राजिनामा दिएको जनाएका छन ।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि आफू लगायत गोदावरी नगरका नेता कार्यकर्ता एकता बद्ध भइ लागि परेको भएपनि महासचिव शंकर पोखरेलको हुकुमी पाराले आफुहरुलाई गिद्दे नजरले हेर्दै आएकाले पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् ।

सामुहिक राजिनामा दिने  ४६ जना नेता कार्यकर्ताले पूर्ववर्तपार्टी नेकपा माओवादी केन्द्रमा फर्किने संकेत देखाएका छन। केहीले भने भिम रावलको पक्षमा लाग्ने अड्कल समेत गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित