कालीकोटमा हृदयघातका कारण दुइ जनाको निधन

7
SHARES
15
VIEWS

कालीकोट । हृदयघात भएर एकै दिनमा दुइ जनाको मृत्यु भएको छ । आइतबर महावैका केशर सिंह र पचालझरनामा टक्के शार्कीको ज्यान गएको छ । महावै गाउँ पालिका ४ का केशर सिंह आइतवार घरबाट कार्यालय जान लागेको अवस्थामा हृदयघात भइ पल्टिएको अवस्थामा निधन भएको हो भने पचालझरना १ सिकु निवासी टक्के शार्कीको पनि काम गर्दै गर्दा हृदयघाट भइ निधान भएको आफन्तले बताएका छन् । ति दुबै जना युवा अवस्थाका रहेको बताइएको छ ।

महावै गाउँ पालिका वडा कार्यालयका  प्रशासन सहायक सिंहको सोमवार पादमघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पचालझरना १ सिकुका टक्के शार्कीको कर्नाली नदि रिगौटामा दाहसंस्कार गरिएको स्थानियले बताएका छन । उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रको झण्डा ओढाएर दाहसंस्कार गरिएको वडा कमिटी अध्यक्ष वर्म ऐडीले बताएका छन।

हृदयघातबाट निधन भएका सिंह प्रति महावै गाउँ पालिका , वडा कार्यालय र विभिन्न संघ संस्थाले शोक वक्तव्य जारी गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित