नेकपा(माओवादी)ले नेतृत्व गरेको जनयुद्धका क्रमा २०५७ साल पौष २७ गते साविकको फुकोट गाविस वडा न.९ को थोल्ममा भएको हत्याकाण्ड दिन हो । जुन मोर्चामा तिन जनाले उच्च शाहादत गरेका थिए भने १५ जनाले ज्यान बचाएका थिए । सो हत्याकोण जनयुद्धको मोर्चामा प्रत्यक्ष सहभागि ज्युदो शहिद भनेर चिनिने फुकोट गाविस निवासि हाल पचालझरना गाउँ पालिका कर्मघर बनाएकी पचालझरना गाउँ पालिका प्रथम उपाध्यक्ष तारा न्यौपाने संग कर्नालि सँचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको कुराकानी :
यहाँलाई कर्नालि संचारमा हार्दिक स्वागत छ ।
धन्यवाद
२०५७ साल पौष २७ गते थोल्म हत्याकाण्डको तपाई प्रत्यक्षदर्शि हो उक्त घटना कसरी भएको थियो ?
हामीहरु अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमको तयारीमा जुटेका थियौं । सो कार्यक्रमको जानकारी मौलाकोट प्रहरीलाई भएको रहेछ ।विश्वनाथ योगि र पुष्पराज न्यौपानलाई लक्षित गर्दै दुष्मनको जत्थाले चुत्रिकोट हुंदै फुकोट अस्पतालमा पुगेको प्रहरीले किश्वर न्यौपानेलाई लखेटेर ल्याएको र थोल्ममा सेल्टरमा बसेर खाना खाइरहेको अवस्थामा लखेटेर हामीहरु माथि गोलि हान्ने काम भयो । हामी भिरमा दौडेर फुगाड खोला अर्थात थौल्मको तल्लो क्षेत्रमा भाग्दै गर्दा माथिबाट प्रहरीले गोलि वर्षाएको थियो ।
सो घटनामा घटना कति जना शहिद हुनु भयो ?
हामीहरु ३० देखि ३५ जना नेता तथा कार्यक्रताहरु थियौं । गोलि वर्षाउदा युद्धमोर्चामा भेरी कर्नालि उपक्षत्रिय व्युरो सदस्य तथा कर्नालि मुक्ति मोर्चाका संयोजक विश्वनाथ योगि, जिल्ला कमिटि सदस्य पुष्पराज न्यौपाने र मदन गिरी शहिद हुनु भएको थियो भने म(तारा न्यौपाने) र विवेक कुमाल घाइते अवस्थामा थियौं ।अन्य १५ जना नेता तथा कार्यक्रताहरु सामान्य घाइते हुनु भएको थियो ।
तपाई कसरी बच्नु सफल हुनु भयो ?
मलाई खुट्टामा गोलि लागेर बेहोस अवस्थामा थिए । दुष्मनले मरेको हो भनेर छोडेर गएको अवस्थामा गोलि बन्द भएपछि होसमा आएर नजिकको ओढारमा बसेर पौष २७ गतेको घटना भएकोमा त्यसका २४ घण्टा पछि अर्थात २८ गते शाहदत भएका शहिदहरुको दाहसँस्कार गर्न आएका साथिहरुले मलार्ई ज्युदै रहेको थाहा पाएका थिए । पछि मलाई सुमन भन्ने कमरेडले बोकेर सिकु तिर लिनु भएको थियो । म त्यसरी बचेको हुं ।
तपार्ई उक्त घटनालाई कसरी सम्झनु भयो र के भन्नु हुन्छ ?
२०५७ सालको उक्त घटना मेरो स्मरणमा अहलिे नै होकी भन्ने सम्झिन्छु ।मलाई ओढामा बसेको अवस्थामा चाचुरुगि बासे पनि गोलि नै होकी भन्ने लाग्दथ्यो । पौष २७ गते आयो की झलझल्ति याद मात्र आउने गरेको छ । जुन घटनाले मलाई क्रान्तिकारी बनायो । निरन्तर रुपमा शहिदहरुको सपना पुरा गर्नका लागि संघर्ष गरियो । अहिले ति शहिदहरुको रगतले नेपालमा राजतन्तको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्र आयो । जुन व्यवस्थाले महिला, दतिल पिछडिएको वर्गको प्रत्यक्ष सहभागिता हुने अवसर भएको हो ।
जनयुद्धका क्रममा तमाम शहिदहरुका साथै घाइतेहरु हुनुहुन्छ तिनिहरुलाई के भन्नुहुन्छ ?
सर्व प्रथम त शहिद परिवारलाई शहिदको उच्च मुल्याँकन गर्दै सम्मान देखि रचनात्मक कार्य गर्नु पर्छ र घाइतेहरुलाई व्यवसायिकरण गरेर तिनिहरुको व्यवस्थापन गर्नु नै आजको आवश्यक्ता हो । जसको लागि पार्टी नेतृत्वले सहि ढंगले सोच्नु पर्दछ । क्रमस सबैले ति शहिदहरुको रगतको सम्मान गर्दै अघि बढिरहेको अवस्था छ । धन्यवाद
Discussion about this post