कालीकोट । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालायले देशभर १३ स्थानिय तहमा औधोगिक ग्राम स्थापना गर्न स्विकृत गरेको छ ।
मन्त्रालयले देशभरका १३ वटा स्थानिय तहहरुमा स्थापना हुने औधोगिक ग्राम संगै कर्नालि प्रदेशमा सुर्खेत र जाजरकोटमा गरी ३ स्थानिय तहमा औधोगिक ग्राम बनाउने भएको हो । मन्त्रालयले जाजरकोटको शिवालय गाउँ पालिका,सुर्खेतको विरेन्द्र नगर नगरपालिका र चौकुने गाउँ पालिकामा गरी ३ वटा औधोगिक ग्राम बनाउने भएको हो ।
मन्त्रालयले देशभरका प्रत्येक स्थानिय तहमा औधोगिक ग्राम बनाउन समेत निर्देशन गरेको मन्त्रालयले जनाएको छ । उक्त औधोगिक ग्राममा उद्योग सम्बन्धि काम गर्ने बताइएको छ ।
संचालन भएका साना तथा मझौला उद्योगलाई व्यवस्थापन गर्न र नमुनाका रुपमा सुचारु गर्ने औधोगिक क्षेत्रको उचित व्यवस्थापन गर्दै जाने मन्त्रालयले जनाएको छ ।
Discussion about this post