प्रधानमन्त्रि ओलिलाई संविधानको धारा पढ्न नेकपा कालीकोटको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा कालीकोटले सरकारले गरेको संसद विघटनको बारेमा जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत प्रधानमन्त्रिको कार्यालयलाई सम्बोधन गर्दै विरोध तथा ज्ञापन पत्र पठाएको हो ।

नेकपा कालीकोटका अध्यक्ष धनजित शाही,कर्नालि प्रदेश कमिटि सदस्य गंगा खड्का,जिल्ला सचिवालय सदस्य रमेश शाही, जिल्ला सदस्य नेत्रराज शाही, अनेरास्ववियु कालीकोटका संयोजक मनसिंह शाही लगाएतका नेताहरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई तपाईले कुन संविधानको धारा प्रयोग गरेर संसद विघटन गर्नु भएको हो ।

सोका बारेमा पुन ठण्डा दिमागले ध्यान दिई पुनर विचार गर्ने अनुरोध गरेको बताइएको छ । उक्त विरोध पत्रमा भनिएको छ । संसद विघटनलाई पुनरस्थापना गरेर सच्चिन अनुरोध गर्दै यदि नसच्याएमा नेपालि जनताले जस्तो सुकै संघर्ष गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

साथै विरोध पत्रमा प्रधानमन्त्रि केपि शर्मा ओलिलाई संविधानको धारा पुन एक पटक अध्ययन गर्न समेत अनुरोध गरिएको छ ।

विरोध पत्र संगै नेपालको संविधानको धारा ७६ र ८५ समेत पठाइएको नेकपा कालीकोटका जिल्ला अध्यक्ष धनजित शाहीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित