तिखात्तीमा स्वास्थ्य इकाइ र र भौनेमा खोप केन्द्र भवन उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको तिखाती र भौनेमा एकै दिन दुई स्वास्थ्य इकाइ भवनको उद्घाटन गरिएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरना गाउँ पालिकाको वडा नम्बर २ भौनेमा भौरा स्मृति भवनको उद्घाटन गर्नु भएको छ भने पचालझरना ९ को तिखात्तिमा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले उद्घाटन गर्नु भएको बताइएको छ ।

उक्त भवन उद्घाटन गर्दै यहाँका वर्डा नम्बर १,२ र ३ वडाका समुदायलाई सहज भएको र आगामी दिनमा शिक्षाका लागि पहल गरि आधारभुत बिद्यालय स्थापना गरिने बताउनु भएको छ ।

तिखात्तिमा सम्पन्न भवन गाउँ पालिकाको लगानि र स्थानीयको जन श्रम बाट  निर्माण भएको हो भने भौनेको खोप केन्द्र भने गाउँ पालिका र रेडक्रस को साझेदारीमा सम्पन्न भएको हो ।

त्यसै गरी तिखात्तिमा भवनको उद्घाटन गर्दै उपाध्यक्ष तारा न्यौपानेले आफुले निर्बाचन ताका  जनताका बिचमा गरिएका बाचा पूरा गर्दै आएको बताएकी छ्न । उनले पचालझरनामा सबै वडामा स्वास्थ्य इकाइ भवन देखि औसधि उपचार पाउन थालेको बताएकी छ्न । भवन उद्घाटनमा गाउ पालिका प्रबक्ता अरुण रोकाया, वडा नम्बर ९ का वडा अध्यक्ष नौले तिरुवा लगाएतक्क उपस्थिति रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित