सामाजिक सुरक्षा भत्ता माग गर्दै पलांताका वडा कार्यालयहरुमा तालाबन्दि

7
SHARES
15
VIEWS

कालीकोट/जेष्ठ, पलांताका स्थानियहरुले आर्थिक वर्ष २०७५/०७६को दुई चौमासिक सामाजिक सुरक्षा भत्ता र वालवालिकाहरुको पोषणको रकम पाउनु पर्ने भन्दै धौलागोह र खिनका सबै वडा कार्यालयहरुमा तालबन्दि गरिएको छ ।

वडा न. १,२ र ३ वडामा आज स्थानियले कालोझण्डा लिएर नारा जुलुसका साथ भष्टचारी नेता लक्ष्मण बम चाहिदैन,जनताका नेता थुन्न पाइदैन ,सामाजिक सुरक्षा भत्ता पाउनै पर्छ भन्दै नारा जुलुसमा उत्रिएका समुदायहरुले आप्ना नेताहरुलाई लगाइएको झट्ठा मुद्धा खारेज नहुंदा सम्म र दुई चौमासिकको सासु भत्ता र वालवालिकाहरुको रकम नदिदा सम्म ताला नखोल्ने बताएका हुन ।

पलांतामा गएको हप्ता भएको झडप पछि अहिले तनाव ग्रस्त रहेको छ । मंगलबार स्थानिय निकायको पहलमा इलाका प्रहरी कार्यालय थिर्पुमा घेराउ गरिएको ठिक दुई नि पछि पुन पलांताका गाउँ गाउमा नारा जुलुस शुरु भएको हो । स्थानियका अनुसार जनताका पक्षमा काम गर्ने नेताहरुलाई झट्ठा मुद्धा लगाएर गैरकानुनि तरिकाले जेल लिनु उपयुक्त नभएको बताएका छन ।आन्दोलनमा सहभागिहरुले पलांता माथि रजाई गर्ने जोकोहीलाई अब जनताले नराख्ने समेत बताएका छन । नाराजुलुस गाउँ पालिकाका सबै वडाहरुमा हुने र कार्यालय समेत बन्द हुने भएका हुन ।

त्यस घटनालाई साम्य बनाउन स्थानिय सरकार र सुरक्षा निकायले विशेष भुमिका खेल्नु पर्ने बताइएको छ ।स्थानिय निकाय आफै आन्दोलनमा रहेकाले सुरक्षाकर्मिले सर्तकता अपनाउन र दुबै पक्षले आ आप्ना हठ त्याग्न जिल्ला वासिले आग्रह गरेका छन । यस अवस्थालाई सामान्य बनाउनका लागि पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले भोलि देखि पलांता गाउँ पालिकाका सबै वडामा लक डाउनको पूर्ण पालना गर्न सिल गर्ने निर्देशन दिएका छन । उनले कोरोनका कारण देखाउदै आज मात्र सिल गर्ने सामाजिक संजालमा उल्लेख गरेका हुन । आफुलाई समर्थन गर्नका लागि गरिएको् इलाका प्रहरी कार्यालयको घेराउमा भने दवावका लागि अनुमति दिइएका थिए ।

गएको चैत्र २७ गते भएको झडपमा घाइते गोरिकला बमको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको भन्दै नेपाल कम्यनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिवालय सदस्य विष्णु रोकाया र १न.वडा अध्यक्ष तथा जिल्ला सदस्य मान बहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटले बुधवार नियन्त्रणमा लिएपछि विहवार गाउँ गाउमा स्थानियले नारा जुलुस गर्दै विरोध जनाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित