कालीकोट । कर्नालि प्रदेश समन्वय परिषदमा कालीकोटबाट पचालझरना उपाध्यक्ष तारा न्यौपानेलाई सिफारिस गरेको छ ।
प्रदेश सरकारको बजेट निर्माण तथा अन्य योजना निर्माणका लागि हुने सभामा भाग लिने गरी पौष २२ गते सिरफारिस गरेको हो ।
कर्नालि प्रदेश मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयका सचिव आनन्द सारुका अनुसार संघ, प्रदेश र स्थानिय तह समन्वय तथा अन्तरसंबन्ध ऐन २०७७को दफा २४ बुंदा न(ङ) बमोजिम मुख्यमन्त्रि स्तररिय बैठकले कालीकोटबाट तारा न्यौपानेलाई सिफारिस गरेको छ भने जुम्ला जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर शार्कीलाई सिफारिस गरेको बताइएको छ ।
उक्त परिषदमा ३ जना गाउँ पालिका उपाध्यक्ष,३ जना गाउँ पालिका अध्यक्ष तथा १ जना नगरपालिका प्रमुखलाई सिफारिस गरेको हो । त्यसै गरी ३ जना जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका छन ।
Discussion about this post