नरहरिनाथमा विद्यालय भवनको शिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट ।  नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका वडा नं.४मा रहेको एउटा माविमा पक्कि भवनको सिलान्यास गर्नु भएको छ । नरहरिनाथ गाउँ पालिकाको विश्वकुना माद्यमिक विद्यालयको ३ कोठे पक्की भवनको एक कार्यक्रम बिच शिलन्यास गरिएको छ ।

शिलन्यास  कार्यक्रममा बोल्दै उहाँले शैक्षिक क्षेत्रको विकास पहिलो प्राथमिकता रहेको बताउदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । विद्यालय मिति २०७७ साउन महिनाको १३ गतेका दिन आएको अविरल वर्षाका कारण पहिरो गई विद्यालय भवन पूर्ण रुपमा भत्किएको थियो ।

विद्यालयको जिर्ण भौतिक पुर्वाधारलाई नयाँ निर्माण गरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ ३ वटै तहको सरकारद्धारा (संघ, प्रदेश, र स्थानीय) रकम विनियोजित भएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ । विद्यालय भवन निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वार्ड अध्यक्ष नर बहादुर बोगटीले १०० दिनका कामदार छनौट गरी भवन निर्माण कार्यलाई सहयोग गर्नु भएको छ । यस अघि पनि गाउँपालिका शिक्षा शाखाबाट विद्यालयलाई विभिन्न शिर्षकमा रकम लगाएत अन्य कार्यक्रम समेत विद्यालयलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष बिष्टले जानकारी दिनुुभएको छ ।

उक्त शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष धीर बहादुर विष्ट, गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाका साथै वडा नं ४ का वडा अध्यक्ष नर बहादुर बोगटी, वडा नं. ३ का अध्यक्ष टक्क विष्ट गाउँपालिका शिक्षा शाखा अनुुगमन प्रतिनिधि रत्नसिंह सावँद सहित शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो ।

यसका साथै कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गत वडा नं. १ मा पर्ने सुनथराली बिमानस्थल कोटवाडा देखि जिल्ला सदरमुकाम मान्मसम्मको केबुलकार निर्माणका लागि गाउँपालिका अध्यक्ष, धीर बहादुुर विष्ट गा.पा. उपाध्यक्ष मनशोभा बुढा, वडा नं. १ का वडा अध्यक्ष  पृथ्वी विष्ट, नेपाल कम्यूूनिष्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य खेम सिंह र इन्जिनिएर सुदर्शन लेखकबाट प्रारम्भिक सर्भेको काम सूरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित