को बन्लान् नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर ?

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त २ डेपुटी गभर्नरको नियुक्ती प्रक्रिया अघि बढाएको छ ।

मंगलबार कार्यकाल सकिएको डिपुटी गभर्नरको लागि वुधबार नै सिफारिस भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सरकारले डिपुटी गभर्नरको नियुक्ती गर्न लागेको बुझिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेका छन् ।

नयाँ डेपुटी गभर्नरका लागि राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, प्रवक्ताको भुमिकामासमेत रहेका डा. गुणाकर भट्ट र राष्ट्र बैंक अनुशन्धान विभागको कार्यकारी निर्देशक डा. निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस भएको छ ।

सरकारले सिफारिस भएका ४ जनामध्ये २ जनालाई ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नर नियुक्ती गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित