कालीकोट ।गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले बुधबार महिलाहरुले उत्पादन शुरु गरेको च्याउ खेतिको अनुगमन गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाको लाफामा शुरु गरिएको च्याउ खेतिको अनुगमन गर्दै उपाध्यक्ष तारा न्यौपानेले गैर सरकारी निकायको सहयोगमा गरिएको च्याउ खेती गरेर महिलाहरुले आत्मनिर्भर हुने र ब्यबसाय बाट आम्दानी लिन ठुलो अवसर भएको बताउनु भएको छ ।
आशा कार्यक्रमको सहयोग तथाहुरुण्डेक नेपालको प्राबिधिक सहयोगमा च्याउ खेतिका लागि सहजीकरण गरिएको बताइएको छ । उक्त समुहका १० जना महिलाहरुले च्याउ खेती गरेका हुन । क्याप्स कर्नालि परियोजनाको सहयोगमा च्याउ खेति शुरु गरिएको हो ।
उनिहरुले उत्पादन भएको च्याउ प्रती केजि २ सय देखि ३ सय सम्म बिक्री हुन थालेका छ्न ।
Discussion about this post