चापागाउँमा देउवाद्वारा किक उद्घाटन

7
SHARES
15
VIEWS

चापागाउँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गरेका छन  ।

सभापति देउवाले बिहीबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका– ११ प्याङ्गाउँचौर, चापागाउँमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै देउवाले खेलको विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने आश्वासन दिए । चापागाउँमा खेलकुद विभागले ठूलो राशीका प्रतियोगिताको आयोजना गरेको भन्दै धन्यावाद समेत दिएका छन् ।

कार्यक्रममा सहभागी हुने क्रममा देउवालाई खेलाडी र स्थानीय सांकृतिक टोलीहरू झाँकीसहित भव्य रुपमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङ संघले चैत २६, २७ र २८ गते तीन दिन प्रतियोगिता गर्नेछ । समापनको दिन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विजेता टिम र खेलाडीहरूलाई पुरस्कार वितरण गर्नेछन् ।

खेलकुद विभागका सचिव एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले सभापति देउवाले उद्घाटन गरेसँगै किक बक्सिङ प्रतियोगिता शुरु भएको बताए । बिहीबार पनि विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन प्रतियोगिताका संयोजक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित