आगामी वर्ष छुवाछुत र छाउपडि मुक्त वडा बनाउछौं –वडा अध्यक्ष आचार्य

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । पचाझरना गाउँ पालिका वडा न. ५का वडा अध्यक्ष बृषलाल आचार्यले आगामी वर्षमा आफ्नो वडालाई छुवाछुत र वाल विवाह न्युनिकरण गरी नमुना वडाको रुपमा विकास गर्ने बताउनु भएको छ ।

कर्णालि संचार संग कुरा गर्दै वडा अध्यक्ष आचार्यले आफुले वडामा स्वस्थ्य इकाइ भवन निर्माण गरी स्वस्थ्यको पहुंच पुगाएको, शिक्षाको गुणस्तर कायम गर्न अनियमित रुपमा संचालन हुने विद्यालयलाई नियमित संचालनमा जोड दिदै अनुगमन निरिक्षणलाई प्रभावकारी ढंगले गर्नुका साथै कम्प्युटर शिक्षा संचालनमा जोड दिएको,कृषि सडक निर्माण कार्य अगाडी बढेको,धार्मिक क्षेत्रमा मठमन्दिरहरुको भौतिक पूर्वाधारहरुको निर्माणमा जोड दिएको,कृषिमा स्थानिय अर्गानिक उत्पादन र फलफुल तथा तरकारीका लागि जोड दिदै आएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका सरकारका प्रतिपक्षको भुमिका निर्वाह गर्दै आउनु भएका आचार्य लेखासमिति संयोजक समेत हुनु हुन्छ । वहाँले गाउँ पालिकामा प्रतिपक्षको सुझाव सल्लाह अनुसार अगाडी बढ्ने गरेको समेत बताउनु भएको छ । समग्र पचालझरनाको विकास निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष एक भएर जाने गरेका छौं । पचाझरनामा सत्ता पक्ष र प्रतिपक्ष नभएको बताउदै गाउँ पालिकालाई नमुना बनाउनेमा भौतिक पूर्वाधार, कृषि तथा पर्यटनमा विशेष जोड दिने गरेका छौं ।
आफ्नो वडालाई आगामी वर्षमा विद्युत संचालनमा ल्याउने,एक घर एक धारा निर्माण गर्ने,रिङरोड(सडक) संचालन ल्याउदै यातायातको सहज पुहंच पुगाउने,सरसफाईका लागि वडामा रहेका ३ सय १५ घरपरिवारहरुमा प्रत्येक घरमा एक एक वटा फिल्टर वितरण गर्ने,रुढिवादि प्रथाको अन्त्य गर्दै वाल विवाह,छुवाछुत तथा छाउपडि प्रथाको अन्त गर्ने योजना बनाएको बताउनु भएको छ । पचालझरना गाउँ पालिकाको बांझकोटमा स्याउको जामजेलि उत्पादन भइरहेकाले त्यसलाई व्यवस्थित गर्ने समेत बताउनु भएको छ ।

वडा अध्यक्ष बृषलाल आचार्य नेपालि कांगेस बाट विजयि हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित