कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कर्नालि प्रदेशको सबै भन्दा अघि खरमुक्त छाना बनाउने पचालझरना गाउँ पालिकाको अभियानलाई संघ र प्रदेश सरकारले सहयोग नगर्दा अभियानले सार्थकता नपाएको बताउनु भएको छ ।
निर्वाचित भइसके पछि पहिलो पटक अभियानको शुरुवात गरिएकोमा हाल सम्म २ सय ७० घर मात्र खरको छाना मुक्त गाउँ बन्न सफल रहेको बताउदै उचित वजेटको व्यवस्थापन नभएका कारण अभियानले गति लिन नसकेको बताउनु भएको हो ।
वहाँले अगाडी भन्नु भयो हामीले खरमुक्त घोषणा र समुदायलाई टिनको छाना दिने कार्यक्रम गतसाल बाट सुरु गरेर लाफा बस्तिका ३५ घरमा टिन लगाईयो यो बर्ष वडा न १मा ५०,वडा न ६ मा ५० वडा न २ मा ४०, वडा न ८ मा ४०, वडा न ४ मा ४० र अन्यमा ५० सम्पन्न हुने छन ।
आज सम्म करिब २७० घरमा यो पटक सम्पन्न हुने बताउदै अध्यक्ष सेजुवालले खरको छाना मुक्तको अभियानले जिल्लाका अन्य पालिकामा समेत सिको गरेको बताउनु भएको छ । अध्यक्ष सेजुवालले हाम्रो चाहना अनुसार प्रदेश संघ र सस्थाहरुले साझेदारि गरेको भए यतिबेला पुरै पालिका सम्पन्न भईसक्ने थियो ।
आगलागिको पिडा झेलिरहनु पर्ने अवस्था नआउने बताउनु भयो ।दुःखका साथ पालिकाको वजेटले सम्भव नभएपछि यो नियति भोग्नु परेको बताउनु भएको छ ।
शनिवार दिउसो पचालझरना गाउँ पालिकाको वडा न. ८ विस्खेतको खोलि बजारमा ६ घरमा आगजनि भएपछि कठिनाई आएको हो
Discussion about this post