सात दिने सहकारी प्रशिक्षक तालिम जुम्लामा सम्पन्न

7
SHARES
15
VIEWS

जुम्ला । सहकारी रजिष्टारको कार्यालय स्थापना भएपछि पहिलो पटक सहकारी प्रशिक्षक प्रशिक्षण तालिम जुम्लामा सम्पन्न भएको छ ।

सहकारी रजिष्टारको कार्यालय सुर्खेतले जुम्ला र कालीकोटका प्रारम्भिक सहकारी संस्थाहरुको सहभागितामा शुरु गरेको ७ दिने तालिम आज सम्पन्न भएको हो । सहकारी रजिष्टार राजु बस्नेतको उपस्थितिमा तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा मुगुको सहभागिता नभएपनि कालीकोट जिल्लाबाट १६ जना र जुम्ला जिल्लाबाट १५ जना गरी ३१ जना सहकारी कर्मिहरुको सहभागिता रहेको बताइएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि.जुम्लाका अध्यक्ष विरबहादुर महतले सिकेको सिप व्यवहारमा लागु गर्ने बताउनु भएको छ । सो कार्यक्रममा अनुभुति मन्तव्य दिदै हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटका लेखा समिति संयोजक धनलाल अधिकारीले प्रशिक्षण तालिमले सहकारी कर्मिहरुमा हौसला थपेको बताउनु भएको छ ।

समापन कार्यक्रममा सहकारी रजिष्टार राजु बस्नेतले कर्नालि प्रदेशमा सहकारी सम्बन्धि ज्ञान हांसिल गर्न र सहकारीका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आफुहरुले जिल्ला जिल्लामा सहकारी अभियानात्क कार्यक्रम अघि बढाउदै सहकारीलाई व्यवहारमुखि बनाउन लागि परेको बताउदै सबै सहकारी संस्थाहरुले सहकारी सिद्धान्त निति नियम लागु गर्दै अघि बढ्न अनुरोध गर्नु भएको छ ।

सहकारी प्रशिक्षक प्रशिक्षण तालिम चैत्र २८ गतेदेखि संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित