सान्निका कृषकको मुरी फल्ने खेतमा फलफुलखेती,कति हुन्छ आम्दानी ?

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सान्नित्रीबेणिका एक कृषकले गरेको फलफुल खेतिले आत्मनिर्भर भएका छ्न । सान्नित्रीबेणी ६ का नमराज भट्टराईले १७ वर्ष अघि धान/गहुँ  फल्ने बुढगाउ खेतमा गरेको फलफुल खेतिले मनग्य आम्दानी लिन सफल भएका छ्न ।९ सय बर्गमिटर क्षेत्रफलमा सुन्तला, अनार,ओखर,किबि खेती गरेका भट्टराईले नर्सरीको काम समेत गर्दै आएका छ्न ।

शुरु शुरुमा खेतका बिचमा खाल्डो खनेको देख्दा छिमेकिले फरक नजरले हेरेको भने पनि अहिले भने आफू सङ्गै फलफुल खेती गर्न थालेका हुन । आफुलाइ शुरूवातमा बुवाले समेत गाली दिएको स्मरण गर्दै पछि सफलता हासिल गर्दा सबैले सहि बाटो रोजेको प्रती धन्यवाद दिन थालेको बताए । आफुलाइ अहिले विभिन्न निकायबाट सहयोग प्राप्त गरेको समेत बताए ।

कृषि बिकास कार्यलय, सान्नित्रीबेणी गाउँ पालिकाको कृषि शाखा बाट समेत सहयोग पाएको र कर्नाली प्रदेश सरकारको मुख्यमन्त्री प्रोत्साहन पुरुस्कार समेत पाएको बताए । आफुले बर्सेनि ५ लाख आम्दानी लिने गरेको बताउदै उक्त रकम बाट छोराछोरीको पढाइ देखि अन्य खर्च ब्यबस्थापन साथै सुर्खेत र सान्नित्रीबेणी गाउँ पालिका केन्द्र मेहल्मुडिमा घडेरी समेत जोड्न सफल भएको छु ।

अहिले ओखरका ५ सय बिरुवा गाउलेलाई समेत लगाउन तयारी गरेको बताउने भट्टराईले सितभण्डारका लागि पहल गरीदिन अनुरोध गरेका छ्न ।

अहिले बुढगाउ पोरिवन लगाएतका आसपासका कृषकले  ओखर,अनार,सुन्तला, किबि खेती समेत गर्न थालेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित