कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल द्धारा पचालझरनाको वडा न. १ र २ जोड्ने पुलको अनुगमन गर्नु भएको छ ।
संघिय सरकारको २७ लाख र पचालझरना गाउँ पालिकाको ५ लाख गरी ३२ लाखमा लगानि भएको पुलमा उपभोक्ता समिति मार्फत काम भइरहेको छ । उक्त पुलको अनुगमन गर्दै गाउँ पालिका अध्यक्ष सेजुवाल र वडा न. २ वडाध्यक्ष करविर कामीले अषाढ मसान्त सम्म पुलको काम सम्पन्न गर्न अनुरोध गर्नु भएको छ ।
काम अन्तिम चरणमा गएको र दुर्त गतिमा कामको तिव्रता दिन अनुरोध गर्नु भएको छ । उक्त पुल बनेपछि समुदायहरुलाई अवात जावत गर्न सहज हुने छ । वर्षेनि यहाँका समुदायहरुलाई वर्षाको समयमा कठिनाई हुंदै आएको थियो ।
पछिल्लो समयमा पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल लगाएतका जनप्रतिनिधिहरुले कामको अनुगमनमा तिव्रता दिएका छन ।
एक साता भित्र १३ स्थानका योजनाको अनुगमन गरिएको गाउँ पालिकाले जनाएको छ ।
Discussion about this post