पचालझरनामा दुर्त गतिमा विकासका काम भइरहेका छन –अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा पचालझरना गाउँ पालिकामा रहेको महत्वका योजनाहरुको काम दुर्तगतिमा हुन थालेका छन ।

पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले गौरवको आयोजनाका रुपमा लिएको राष्टिय स्तरको निर्माणाधीन रंगशाला,तिखात्तिमा रहेको लालुफैफु सडक,तिखार्ति आधारभुत बिद्यालयको भवन र भुराबगर सर्का सडक स्तरउन्नतिको काम लगायतका काम युद्ध स्तरमा कार्य भईरहेको बताउनु भएको छ।

वहाँले पालिकाका हरेक कामहरुमा सबैलाई राम्रो कार्य गुणस्तर र दिर्घकालिन सोचका साथ अघि बढ्न अनुरोध गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकाको तिखात्तिमा शुरु भएको लालु लैफु सडकबाट क्षति भएको धिरेन्द्र शाहीको घर गाउँ पालिकाले निर्माण गर्ने जिम्मा लिएको बताउनु भएको छ ।

अध्यक्ष सेजुवालले भन्नु भयो क्षति भएको भौतिक संरचनाका लागि बैकल्पिक ब्याबस्थापन र भौतिकपुर्बाधार मार्फत घर निर्माण गर्ने गाउँ पालिकाले प्रतिवद्धता समेत गरेको बताउदै पचालझरनाका विकासका काममा साथ दिने तिखात्ति बासिलाई धन्यवाद समेत दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित