एक वर्ष अघिको खार्दुको कुलो राम्नाकोट लिने सहमती विरुद्ध स्थानीयको बिरोध

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दु देखि राम्नाकोट सम्मको सिचाइ कुलोका बारेमा खार्दुका स्थानीयले बिरोध जनाएका छ्न । आज पचालझरना ३ का स्थानीयले मुहानको पानी लिदा आफुहरुलाइ समस्या आउने भएकाले कुलमुला सिचाइ कुलो लिन नदिने बताएका छ्न । गाउँ पालिकामा आएका स्थानियबासिले गाउँ पालिकालाइ ज्ञापन पत्र बुझाउदै आफुहरुको उठिबास हुने गरि सिचाइ कुलो लिन नदिने बताए । स्थानीय  धिरेन्द्र कठायतका अनुसार पुर्खौ देखिको मुहान अहिले दिने कुरामा सहमति नभएको बताए  । यस सम्बन्धमा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले एक वर्ष अघि वडा नम्बर ३ र ४ का वडाअध्यक्ष सहित गाउका जान्ने बुझ्ने बिच सहमती अनुसार योजना तय भएको बताउनु भएको छ। वहाँका अनुसार स्थानियले ज्ञापन पत्र बुझाएको र त्यस सम्बन्धमा दुबै पक्ष बिच बसेर छलफल गर्ने बताउनु भएको छ ।उक्त योजनाका लागि प्रदेश सरकारले २५ लाख बजेट बिनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित