बर्दियामा केराउ तस्करले सामान छाडेर फरार

7
SHARES
15
VIEWS

बर्दिया  । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली गरेर ल्याएको  केराउ प्रहरीले  नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको १६ लाख ९१ हजारभन्दा धेरै रकमको केराउ बरामद गरिएको जनाइएको छ ।

भन्सार छली चोरी निकासी गरी अबैध रुपमा ठूलो परिमाणमा केराउ भारतबतर्फ लिदै गरेको सुचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गरेको बताइएको छ ।

गुलरिया नगरपालिका– १० स्थित विनोद बर्माको मिल अगाडिको खाली जमिनमा केराउको बोराहरू जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरी टोलीले फेला पारेको हो ।

प्रहरीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू साईकल छोडी भागेको विज्ञप्ति मार्फत प्रहरीले जनाएको छ ।

प्रहरीले केराउ १६८.७५ क्विन्टल र साईकल ८थान नियन्त्रण लिएको छ । सो केराउको बजार मूल्य १६ लाख ९१ हजार ५ सय बराबरको रहेको छ । प्रहरीले बरामद गरिएको केराउ र साइकल कारबाहीका लागि भन्सार कार्यालमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित