कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासकिय भवनको कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सिलान्यास गर्नु हुने भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले भाद्र २९ गतेका दिन औपचारिक उद्घाटन गरिने बताउनु भएको हो । उक्त भवनको यस अघि बोलपत्र गरेर सम्झौता भैसकेको बताइएको छ । पचालझरना गाउँ पालिकामा पहिलो पटक आफ्नै भवन बन्न लागेको बताइएको छ ।
Discussion about this post