कालीकोट । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले आयोजना गरेको सहकारी ब्यबासाय प्रबर्द्धन सम्बन्धि एक हप्ते तालिममा सहभागी ५० जनामा कालीकोटबाट मनिका बोहरा उत्कृष्ट भएकी छ्न । पौष २६ गते देखि भर्चुअल माध्यम बाट भएको तालिममा कालीकोट जिल्लाबाट ५ जना सहित देशभरका गरी ५० जना सहभागी मध्ये हिमचुली कृषि सहकारी सस्था लिको रास्कोट सेवा कार्यालय ब्यबस्थापक तथा संचारकर्मी बोहरा उत्कृष्ट भएकी हुन । प्रशिक्षण केन्द्रले सोधेका ३० प्रश्न मध्ये बोहराले २८ अंक मिलाएर उत्कृष्ट आएकी हुन । प्रशिक्षण केन्द्रका सहकारी प्रशिक्षक निरज घिमिरेले सहभागी सबैको कुल प्राप्तांङ्क सार्बजनिक गर्दै बोहराले २८ अंक ल्याएर उत्कृष्ट आएको घोषणा गरेका हुन । अन्य सहभागीहरुले २२ भन्दा बढी अंक ल्याउन नसकेको बताइएको छ । २०६८ साल देखि शिक्षण पेशा छाडेर हिमचुलि सहकारी संस्थामा काम गर्दै आएकी बोहराले संस्थाको १२ औं वार्षिक साधारणसभामा उत्कृष्ट कर्मचारीबाट सम्मानित भएकी थिइन । देशभरका सहभागी मध्ये आफू उत्कृष्ट हुदा खुशी लागेको बताएकी छ्न । तालिममा सहभागी हुंदा सोधेका प्रश्नमा जम्मा ८ अंक ल्याएको बताउदै तालिममा सिकाएका कुराको जवाफ आफुले दिएको बताएकी छ्न ।मनिका बोहरा मेगा कर्नाली मिडिया प्रालिको अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य समेत रहेकी छ्न ।
Discussion about this post