कालीकोट । गएको असोजमा घरम आगलागी भइ उपचारका क्रममा काठमाडौमा निधन भएका सनिश आचार्यका आफन्तलाइ दुई लाख राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यलय कालीकोट मार्फत मृतक सनिशका बुवा जनक आचार्यलाइ सो रकम हस्तान्तरण गरिएको हो । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रमुख लगाएतको उपस्थितिमा उक्त राहत हस्तान्तरण गरिएको हो । सो आगलागीमा दुई जना मृतकका बुवा जनक र काका पुस्प आचार्य घाइते भएका थिए । घाइतेको उपचारका लागि जिल्ला दैबी प्रकोप समितिको बैठक पछि राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलए बताउनु भएको छ । कर्नाली प्रदेश सरकारले प्रदेशका सबै समुदायको दुर्घटना बिमा गराएकाले दुर्घटनामा परेर मृत्यु भएका घरका आफन्तहरुलाइ राहत उपलब्ध गराउदै आएको छ ।
Discussion about this post