कालीकोट । पचालझरना गाउँ पालिकाको बांझकोटको दलित वस्तिमा अर्गानिक उत्पादनका लागि एक घर एक टनेल कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत पचालझरना गाउँ पालिकाको वडा नम्बर ५ मा रहेका १ सय २० घरमा कृषि उत्पादन बढाउनका लागि एक एक टनेल कार्यक्रम शुरु गरिएको बताइएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने र ५ नम्बर वडा अध्यक्ष बिर्शलाल आचार्यको उपस्थितिमा सिलान्यास गरिएको स्थानीय रत्न कुमालले बताउनु भएको छ । वहाँका अनुसार गरिबीको रेखामुनी रहेको दलित बस्तिमा आत्मनिर्भर बनाउनका लागि कर्नाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुरु गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत १ सय २० घरधुरीमा कृषि उत्पादन बढाउन लागिएको बताइएको छ ।उक्त कार्यक्रमको लागि २० लाख ४८ हजार लगानिमा शुरु हुने अर्गानिक कृषि कार्यक्रमले समुहमा आधारित उत्पादन गरिने बताइएको छ । सिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष तारा न्यौपानेले आत्मनिर्भर हुने गरी शुरु भएको कार्यक्रमलाई बहुउपयोगी भएकाले सबैले नमुनाका रुपमा शुरु गर्नु पर्ने बताउनु भएको छ । पहिलो पटक शुरु भएको कार्यक्रमले जीवन व्यबहारमा लागू गरे आत्मनिर्भर हुने बाटो खुलेको स्थानीयको भनाइ रहेको छ । कृषि कार्यक्रमले आफू लगाएत सबै बस्तिमा खुशियाली छाएको स्थानीयले बताएका छन।
Discussion about this post