कालीकोट । घरेलु तथा साना उद्योग महासंघ कर्नाली प्रदेशको दोस्रो सम्मलेन सम्पन्न भएको छ ।
उक्त सम्मेलनबाट अध्यक्षमा चन्द्र बहादुर बिसिको नेतृत्वमा समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा सुर बहादुर बुढा,महिला उपाध्यक्ष अमृता गौतम (महतारा) निर्वाचित भएको बताइएको छ । त्यसै गरी महासचिवमा कुल प्रसाद पाण्डे,सचिवमा गिता खड्का लगाएतको समिति गठन भएको छ ।
त्यसै गरी सदस्यहरुमा बर्म ऐडी,जुनपुरा शाही लगाएतका सदस्य भएको बताइएको छ ।
त्यसै गरीमहिला तर्फको महासंघ अध्यक्षमा गोमा वलि सहित सदस्यहरु सर्वसम्मत भएको बताइएको छ । कर्नालि प्रदेशमा साना उद्योग संचालनबाट आत्मनिर्भर बन्ने र सो व्यवसायि तथा उद्यमिहरुको हितमा काम गर्ने घरेलु तथा साना उद्योग महासंघ रहेको छ ।
Discussion about this post