रास्कोटमा नवौं नगरसभा हुदै,विकास निर्माणका कामको समिक्षा गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले नवौं नगरसभा शुरु हुने भएको छ । रास्कोटमा विगत २०७४ साल देखि २०७८ सम्म गरेका काम र बांकी रहेका कामको बारेमा समिक्षा सहित नवौं नगर सभा गर्न लागेको हो ।

जिल्लाका अन्य स्थानिय निकायले पांच वर्ष सम्म गरेका कामको समिक्षा र गर्न बांकी कामको बारेमा पुर्णताका संबन्धमा छलफल सहित समिक्षा गरेको बताइएको छ । स्थानिय तहले संघियता लागु भएदेखि पहिलो पटक स्थानिय तहको नेतृत्व गर्दा शुरु गरेको जिम्मा र तत्कालिन अवस्थाको विश्लेषण र उपलब्धिका बारेमा छलफल समेत गरेका छन । जांदा जांदै आफुले गरेका कामको समिक्षा सेमत गरिएको छ ।

सोही सिल सिलामा पचालझरना गाउँ पालिकाले थालनि गरेको गाउँ सभा पछि जिल्लाका शुभकालिका,नहररिनाथ लगाएतले गरेका भएपनि रास्कोट नगरपालिकाले आज नवौं नगर सभा गर्न लागेको बताइएको छ । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले रास्कोटमा ५ वर्षमा भएका कामको समिक्षा र चालु आर्थिक वर्षका काम कार्वाहीहरुको बारेमा के कति पूर्णता भए नभएको बारेमा छलफल हुने बताउनु भएको छ ।

रास्कोट नगरपालिकामा आवश्यक निति नियमहरुको कार्यन्वयन र पूर्णताका लागि समेत छलफल हुने बताइएको छ । रास्कोट नगरपालिकाले पांच वर्ष अवधिका गरेको उपलब्धि र अभावको बारेमा समिक्षा गर्ने र आउने जनप्रतिनिधिहरुलाई कामकाजमा सहज हुने गरी काम अगाडी बढाउन नगरसभाको आयोजना गरिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित