कालीकोट । आउदो स्थानिय तहको निर्वाचनमा कालीकोट जिल्लाबाट तिन जना पत्रकार सिफारिस भएका छन ।
नेकपा(माओवादी केन्द्र) सान्नित्रिवेणि गाउँ कमिटिले नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशका अध्यक्ष देविराम देवकोटालाई गाउँ पालिका अध्यक्षमा सिफारिस गरेको छ भने नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटिले पत्रकार मनिका बोहरालाई गाउँ पालिका उपाध्यक्षमा सिफारिस गरेको छ । उनि नेपाल पत्रकार महासंघ कालीकोटको पूर्व उपाध्यक्षका साथै नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्य रहेकी छन ।
त्यसै गरी नेपाल पत्रकार महासंघ कालीकोट शाखाका सचिव खडानन्द अधिकारीलाई नेकपा(एकिकृत समाजवादी) शुभकालिका गाउँ पालिकाले उपाध्यक्षमा सिफारिस गरेको छ । रास्कोट नगरपालिकाका मेयर पदका लागि पत्रकार रत्न कार्की आकाक्षि रहेका छन । नगरकमिटिले सिफारिस गर्न बांकी रहेको बताइएको छ ।कर्नालि प्रदेशका अन्य जिल्लामा पनि आधा दर्जन पत्रकारहरु स्थानिय तहको निर्वाचनका लागि उम्मेद्धार बन्ने भएका छन ।
Discussion about this post