कालीकोट । पलाता गाउपालिका वडा न १ मा नेकपा माओवादी केन्द्रका तर्फबाट सर्जन बुढा वडा अध्यक्ष मा सिफारिस भएका छन । बुढाले तत्कालीन जनयुद्धका समयमा २०५६ सालमा सहभागी भएरका बुढा जनमुक्ति सेना नेपालका बटालिएन कमान्डर हुन । उनले कैलाली,अछाम,बाजुरा,डोटी,रुकुमको खारा,रोल्पाको गाम लगाएतका लडाइमा सहभागी भएका थिए ।
जनमुक्ति सेनामा कार्यरत रहदा कैलालीका विभिन्न स्थानका लडाइँका ब्याटलमा घाइते रहेका छ्न । उनले अहिलेको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको जिम्मेवारी लिएर जनताको पक्षमा काम गर्ने जस अनुसार बुढाले नेपालकाे संविधान बमाेजिम स्थानिय तहकाे अधिकार सम्बन्धि ब्यबस्थालाई कार्यन्वयन गर्ने र प्रदेश र स्थानिय तहबिचकाे सहकारिता सहअस्तित्व तथा समन्वय लाई प्रवद्रन गर्दै जनता प्रति उत्तरदायित्व भएर काम गर्ने बताएका छन ।
बुढाले जन अधिकारलाइ सुनिश्चित गरि सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने समेत प्रतिबद्धता समेत गरेका छ्न ।पाण्डप उपनामले चिनिने सर्जन बुढा पलाता १ पुलाहं निवासी हुन भने व्यावसायि समेत रहेको बताइएको छ । पलाता गाउँ पालिका अध्यक्षका लागि अनन्त बिक,बिष्णु रोकाया,मान बहादुर भण्डारी,बिद्दी बिक,ऐन राज महतारा आकांक्षी रहेका छन भने उपाध्यक्षमा अलैपुरा जैसि र गोरिकला बम रहेको बताइएको छ ।
Discussion about this post