कलीकोट । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा मेल पर्व र जात्रा जस्तै रमाइलो हुन थालेको छ । जिल्ला स्थित राजनीतिक दलहरु मतदाता समक्ष हात जोड्दै मत माग्न थालेका छ्न ।जिल्लाका ९ वटै स्थानिय तहमा प्रत्येक घरमा उम्मेदवारको घुइँचो लाग्न थालेको छ । मत माग्न आएका नेताहरुलाइ मतदाताले आफुलाइ सहज हुने माग राख्न थालेका छ्न । कालीकोट जिल्लामा नेपाली कांग्रेस लगाएतका राजनीतिक दलहरुको गठबन्धन आ आफ्नो तरिकाले अघि बढेपछी चुनावमा तडक भडक झन पेचिलो बन्दै गएको छ ।कालीकोटमा चुनावी मैदानमा भिडेका नेपालि कांग्रेस,नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र),नेकपा बिप्लव,राप्रपा,रास्ट्रीय जनमोर्चा,नेमकिपा र जसपाका नेताहरुले आ आफ्ना प्रतिबद्धता सहित जनतामा आएका छन । मतदाताले कतै बिकाश निर्माण त कतै आफुलाइ चाहिने दैनिक समस्याका हल गर्न माग गरेका छ्न भने अधिकांशको भनाइ बिगतमा के गरेर अब के गर्छ्न भन्ने जस्ता अभिव्यक्ति दिन थालेका छ्न । रास्कोटका गाउँ गाउँमा माओवादी केन्द्र,नेपाली कांग्रेस,एमाले र बिप्लव नेकपाका नेताहरु घर घरमा पुग्दै जनता समक्षा मत माग्ने होडबाजी चलेको छ । रास्कोटमा नेकपा माओवादी केन्द्रका तर्फ बाट धर्मराज शाही (पोषण) र एकीकृत समाजवादीका तर्फबाट मनिराज बरालले घरभेटघाट तिब्र पारेका छ्न भने नेपाली कांग्रेसका नवराज बराल,बिप्लव नेकपाकी स्वतन्त्र उम्मेदवार धिरिन्द्रा उपाध्यय,नेकपा एमालेका दयाराम सिमाखाडाले पनि घर घरमा गएर मत दिन अनुरोध गरेका छ्न ।जिल्लाको पलातामा नेकपा माओवादी केन्द्रले वडा नम्बर ९ लो थिर्पुबाट घरदैलो अभियान शुरु गरेको छ भने एमालेले वडा नम्बर १ को पुलाहंबाट अभियान शुरु गरेको छ ।त्यसै गरेर पचालझरना गाउँ पालिकामा नेकपा माओवादी केन्द्रका देबराज शाही र अल्किना बमले पचालझरनाको सिकुबाट घरदैलो अभियान शुरु गरेका छ्न । बिगत लामो समय देखि गाउँ आउन नसकेका मान्छेको समेत गाउँमा बाक्लो उपस्थिति रहेको छ । सान्नीत्रीबेनिमा माओवादी केन्द्रका डम्बर शाहीले रकु बाट अभियान थालनी गरेका छ्न भने उनका बागी उम्मेदवार मोहन केसिले मुम्रा बाट अभियान थालनी गरेको बताइएको छ ।उता नरहरिनाथ गाउँ पालिकामा गठबन्धनका तर्फबाट धिर बिष्ट र कमल शाहले गाउँ अभियान तिब्र पारेका छ्न । त्यसै गरी खांडाचक्र, शुभकालीका,तिलागुफा र महाबैमा गाउँमा घर घरमा मतदाता तान्ने अभियान बढेको छ । बिगतको चुनाव भन्दा यस पटकको निर्वाचन भड्किलो र पेचिलो हुने अनुमान गर्न थालिएको छ । अहिलेको निर्वाचनमा अधिकांस बागी उम्मेदवारहरुको उपस्थिति रहेको र एक आपसमा झिनो मतान्तरले बिजयी हुन सक्ने अड्कल गर्न थालिएको छ ।
Discussion about this post