कालीकोट । दोस्रो स्थानीय तहको निर्वाचनमा मतदाताहरु मतदानमा आतुर देखिएका छ्न ।
मतदानको समय भन्दा दुई घण्टा अघि लाइन लागेका छ्न। मतदाताहरुले आफ्नो अधिकारलाई सदुपयोग गर्न आतुर रहेको बताएका छ्न । पचालझरनाका स्थानीय जेष्ठ नागरिक धन्नाम खड्काले पंचायत देखि अहिले सम्म नेतृत्व चयन गरेर आएपनी अहिलेको चुनाव फरक रहेको बताए । उनले भने हामिले २०३६ सालमा जनमत संग्रह ताका निर्दललाइ चुनावमा मतदान गरेर थालनी भएदेखी गणतन्त्र सम्म बिकास र समृद्धिमा केही फरक नभएको बताए । अहिले र अहिलेको भिन्नता नभएको खड्काको भनाइ रहेको छ ।
यस वर्ष मतदाताहरुमा उत्साह र उमंग नदेखिएको भएपनी मतदानमा आफ्ना नातेदार तथा आफन्त हेर्ने चलनको शुरु भएको मतदाताको भनाइ रहेको छ । जो आएपनी आफ्नो लागि त काम गर्ने हुन तर आफुले राम्रो मान्छे हेरेर मत दिने बताउदै स्थानीय दले लुवारले पहिलेको जस्तो अहिले नहुनेमा आफू रहेको बताए ।
यस वर्षको स्थानीय तहको निर्वाचनमा उम्मेदवार समेत बढी भएकाले सहि मान्छेले काम गर्ने गरेर मतदान गर्ने बताए । यस वर्ष मतदान गर्नेहरुको संख्या समेत बढेको बताइएको छ ।
Discussion about this post